साझेदारी गर्नुहोस्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको र यो कुरा पुरानो भैसकेको बताएकी छन् ।

आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

ओलीसँगको भेटवार्तामा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् । ‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै सदस्यता नवीकरण गरेको छु । यो पुरानौ भैसक्यो बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’