साझेदारी गर्नुहोस्

काठमाडौं: प्रशान्ति शिक्षा सदन, कपनले यस वर्षको एसईई परीक्षामा सहभागी आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

प्रशान्तिले एसईईमा उत्कृष्ट नतिजा ल्याएको थियो । दुई विद्यार्थीले ४ जिपिए ल्याएका थिए भने सहभागी सबैको ए प्लस आएको थियो ।

शनिबार काठमाडौंको कपन, एभरसाइन पार्टी प्यालेसमा एक भव्य समारोह आयोजना गर्दै प्रशान्तिले एसईईमा सहभागी भएका आफ्ना सबै विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरेको हो ।

सम्मान समारोहमा बोल्दै प्रमुख आतिथि बाग्मती प्रदेशका सांसद जयराम थाापाले प्रशान्ति एकेडेमीको रिजल्टको प्रशंशा गरे । सहभागी अन्य अतिथि वक्ताहरुले आगामी दिनमा पनि प्रशान्तिले उत्कृष्ट नतिजा ल्याउने विश्वा व्यक्त गर्दे गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा प्रशान्ति शिक्षा सदनको संचालक समिति तथा व्यवस्थापनप्रति आभार व्यक्त गरेका छन् ।

प्रशान्ति शिक्षा सदन, कपनका कार्यकारी अध्यक्ष मुरारी भण्डारीले वर्षको एसईई नतिजाबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यमा अझ उत्साह थपिएको बताउँदै भविष्यमा पनि गुणस्तरीय शिक्षाको मूलमन्त्रका साथ प्रशान्ति एकेडेमी अघि बढ्ने बताउनुभयो ।

प्रशान्ति शिक्षा सदन बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२, मुस्कान चोकमा रहेको छ । प्रशान्तिले अतिरिक्त क्रियाकलापसहितको बालमैत्री शिक्षण सिकाई र जीवन उपयोगी गुणस्तरीय शिक्षा अध्ययन अध्यापन गराउँदै आएको छ ।