संयुक्त जनआन्दोलन समिति का संयोजकसमेत रहेका नवराज सुवेदीले आफूमाथि अन्याय भएको बताएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई पार्टीको अनुशासन समिति अध्यक्षबाट हटाएका थिए।
सुवेदीले आफूलाई अनुशासन समिति अध्यक्षबाट हटाउने निर्णय केन्द्रीय समितिबाट नभई अध्यक्षबाट मात्रै भएको पनि बताए।
‘निर्णय गर्नुअघि मलाई सोधिएको छैन, मलाई चिठी दिएको पनि छैन, मैले मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकालेर अर्को मानिस ल्याउनुभयो भन्ने,’ उनले भने, ‘पार्टीमा आन्तरिक अन्याय हुन लाग्यो, त्यसको खिलापमा मैले यो आवाज उठाएको हो।’






















