साझेदारी गर्नुहोस्

लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आउनुभएका श्रीराम पौडेल र चर्चित गायिका पुर्णकला बि.सीको स्वरमा ‘आँख सन्काइ सन्काइ’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार बिहान युट्युबमा रिलिज गीतको भिडिओमा गायक पौडेल स्वयंका साथमा मोडल सारीका के.सी.ले अभिनय तथा नृत्य गर्नुभएको छ।

गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले भन्नुभयो, ‘आजको गतिशिलताले भोलिको भविष्य निर्माण गर्छ। त्यसैले गतिशिल जीवन जिउनुपर्छ भन्ने लाग्छ। अर्को क्षेत्रमा काम गरिरहँदा सांगीतिक क्षेत्रमा पनि केही गरौं भन्ने सोचले गीत संगीतको क्षेत्रमा काम गरेको हुँ।’

’आँख सन्काइ सन्काइ ’ को भिडिओ निर्देशन स्मृती तिमल्सीना (गुरुआमा) ले गर्नुभएको हो। राजेश घिमिरेको छायांकन रहेको भिडिओलाई नवीन घर्ती मगरले सम्पादन गर्नुभएको छ।

दीपक वीनोद बाजुरेलेको संगीत संयोजनमा रेकर्ड भएको गीतको शब्द दिपेन्द्र खड्का र संगीत नेत्र भण्डारीको हो।

गीतका गायक तथा मोडल श्रीराम पौडेलले अन्य केही गीत समेत ल्याउने तयारी गर्नुभएको छ। पञ्चेबाजा, सुदुर पश्चिमको भाका र कौरा गीत रेकर्ड भइसकेको र छिट्टै सार्वजनिक हुने उहाँले बताउनुभयो।

श्रीराम पौडेलको यो गायनका हिसाबले चौथो गीत हो। उहाँले यसअघि केही म्युजिक भिडिओमा अभिनय गर्नुभएको थियो।

 

भिडिओः