भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्।
आज बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
रसुवा भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखेका गाडीमा रहेका ११ जना बाढीमा बेपत्ता भएको खबर आएको छ
भाेटेकाेसीमा सानाे बाढी साेमबारदेखि नै आएको स्थानीयले बताएका छन्। आज बिहान एक्कासी आएकाे ठूलाे बाढीले मानवीय र भाैतिक क्षति गरेकाे हाे।






















