साझेदारी गर्नुहोस्

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीले शनिबार बैठक बसी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

नाउपा अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले सभामुख देवराज घिमिरेलाई भेट गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी थिइन् ।सरकारलाई दिएको समर्थन फिर्तासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि सरकारबाट फिर्ता हुने भएका छन् ।

नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानमा रहेको व्यवस्थाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।