साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले संविधान संशोधनको काम अघि बढाउनुपर्ने भन्दै संविधानबाट धर्मनिरपेक्षता हटाउनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै कोइरालाले संविधान संशोधनको काम छिटो अघि बढाउनुपर्ने बताएका हुन्।

उनले संविधानबाट धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव गरेका छन् । ‘यो सरकार बनाउँदा नै संविधान संशोधन गर्ने कुरा भएको हो.’पहिलो संशोधन यही होस्– धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ।’

निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने उनको प्रस्ताव छ । ‘राष्ट्रिय सभामा समानुपातिक प्रणाली लागू गरौं, तर प्रतिनिधिसभा केवल प्रत्यक्ष निर्वाचित प्रणालीमा आधारित होस्,’ उनले थपे।  एमाले र कांग्रेसको सरकार बन्दा संविधान संशोधन गर्ने सहमति भए पनि काम अघि बढेको छैन ।