सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले आज अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले अपराह्न पौने ५ बजे प्रतिवेदन बुझाएको जनाएका छन् । पार्टीको विवाद समाधानका सूत्र पहिल्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदल गठनको निर्णय सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । पार्टीका तीन पक्षको प्रतिनिधित्व हुने कार्यदल गठन भएको थियो । कार्यदलले सर्वसम्मतिले प्रतिवेदन तयार पारेको थापाले जनाएका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण