साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका हुन् ।

विभिन्न खालका सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै महतले कसैको बहुमत नभएमा धेरै विकल्प खोज्न नहुनेमा आफूहरू रहेको पनि बताएका छन् ।

‘गठबन्धनबारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’ महतले मंगलबार सानेपामा भने।