साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई जवाफ फर्काएका छन् ।

कोइरालाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा आफूमाथि लगाएको लाञ्छनाको चौधरीले मंगलबारको बैठकमा जवाफ दिएका हुन् ।

‘उहाँले हिजो प्रश्न उठाउनु भयो, विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो,’ उनले भने, ‘म उहाँलाई जानकारी गराउन चाहन्छु, त्यो सारा विधि पूरा गरेर, पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिपेक्ष, पार्टीको कानुन विभागको विश्लेषण, त्यसपछिको निर्ण र कोर्टलेसमेत गरेको निर्णय अनुसार भएको हो ।’

कोइरालाले आफूमाथि गरेको प्रश्नले निजी क्षेत्रका आफूजस्ता मान्छेहरूको भूमिकाबारे पनि चौधरीले पार्टीबाट जवाफ खोजे ।