साझेदारी गर्नुहोस्

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको रोस्ट्रमबाटै च्यातिदिएका छन्।  आज आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले विधेयक पुस्तक च्यातिदिएका हुन्। उनले उक्त विधेयकलाई गरिबमारा पनि भनेका छन्।

‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ। गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ।’