साझेदारी गर्नुहोस्

प्रशान्ति शिक्षा सदनले यस वर्षको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याएको छ ।

शुक्रबार सार्वजनिक भएको एसईई परीक्षा २०८१ को नतिजामा प्रशान्तिले उत्कृष्ट रिजल्ट ल्याएको हो ।


परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये दुई जनाले ४ जिपिए ल्याएका छन्, बाँकी सबै विद्यार्थीले ए प्लस ल्याएका छन् ।

प्रशान्ति शिक्षा सदन, कपनका कार्यकारी अध्यक्ष मुरारी भण्डारीले यो उत्कृष्ट नतिजाका लागि आफ्ना विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई आभार व्यक्त गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२, मुस्कान चोकमा रहेको प्रशान्ति शिक्षा सदनले अतिरिक्त क्रियाकलापसहितको बालमैत्री शिक्षण सिकाई र जीवन उपयोगी अध्ययन अध्यापन गर्दे आएको र भविष्यमा पनि विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि थप शैक्षिक तथा भौतिक सुविधाहरु बढाउने गरि अघि बढेको प्रशान्ति शिक्षा सदनका संचालक शमिरशण ढुंगेलले जानकारी दिए ।

यस वर्षको एसईई नतिजाबाट आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यमा अझ उत्साह थपिएको प्रशान्तिका प्रिन्सिपल समीर बाँस्तोलाले बताए ।