आगामी फागुन १ गतेका लागि रिलिज डेट तोकिएको फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न रूपमा देखिएकी छिन्।
गर्भवती अवतारमा प्रस्तुत उनको शृंगार र हाउभाउले फरक चित्रण गरेको छ। उनको शारीरिक अवस्था र चाहना पोस्टरमा भिन्न देखाइएको छ।
अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू फरक रूपमा प्रस्तुत हुन तयार भएको बताइन्। ‘मेरा अघिल्ला फिल्मभन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ। सार्वजनिक पोस्टरले पनि धेरै कुरा भनेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु’ स्वस्तिमाको भनाइ छ।
यम थापाको लेखन र निर्देशनमा बन्ने फिल्म रवीन्द्र्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने निर्देशक प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन्। निर्माता तथा अभिनेता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रिप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको शुरूआत गरेको हो। निर्देशक थापा यो फिल्मले आफनो करिअरलाई नयाँ उचाई दिनेमा आशावादी छन्।
जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्रा निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको षट्कोट आर्टस्ले आगामी दसैँलगत्तै फिल्म सुटिङ फ्लोरमा जाने जनाएको छ।






















