स्टेरवे एजुकेशनल सर्भिसेजले आयोजना गरेको निबन्ध प्रतियोगिता (Essay Competition) मा विद्यार्थीहरुको सहभागिता निरन्तर बढ्दै गएको छ ।

काठमाडौंको चावहिलमा रहेको स्टेरवे एजुकेशनल सर्भिसेजले असार ६ गते शुक्रबार (June 20) बाट प्रतियोगिता सुरु गरेको थियो ।
प्रतियोगिता असार महिनाभर संचालन हुनेछ । प्रतियोगिताको अन्तिम दिन असार ३२ गते बुधबार (July 16) सम्म विद्यार्थीहरु सहभागी हुन सक्ने स्टेरवे एजुकेशनल सर्भिसेज, चावहिल, काठमाडौंका प्रबन्ध निर्देशक राजी थापाले जानकारी दिए ।
प्रतियोगितामा बढी भन्दा बढी विद्यार्थीहरुको सहभागिता गराउने प्रयास गरिएको प्रबन्ध निर्देशक राजी थापाले बताए ।

कसरी सहभागी हुने ?
निबन्ध प्रतियोगिता ( Essay Competition) बारे विस्तृत जानकारी स्टेरवे एजुकेशनल सर्भिसेज, चावहिलको फेसबुक पेजमा राखिएको छ ।
विद्यार्थीहरुले कन्सल्टेन्सीको Facebook Page – फेसबुक पेजबाट विस्तृत जानकारी हासिल गर्न सक्नेछन् ।
Essay Competition मा सहभागी हुनका लागि आवश्यक पर्ने सम्पूर्ण विवरणहरु कन्सल्टेन्सीको फेसबुक पेजमा राखिएको र यसबारेमा थप जानकारी स्टेरवे एजुकेशनल सर्भिसेज, चावहिल, काठमाडौंको फोन नम्बर, मेसेन्जरबाट समेत हासिल गर्न सकिने Stairway Educational Services का प्रबन्ध निर्देशक राजी थापाले जानकारी दिए ।
भर्खरै प्लस टू सकाएर बसेका र अन्य विद्यार्थीहरुमा अध्ययनमूलक तथा जानकारीमूलक यस्ता प्रकारका प्रतियोगितामा सहभागी हुने रुचि बढोस् भन्ने उद्देश्यका साथ निबन्ध प्रतियोगिता ( Essay Competition) आयोजना गरिएको स्टेरवे एजुकेशनल सर्भिसेजले जानकारी दिएको छ ।

निबन्ध प्रतियोगिता ( Essay Competition) मा Globalization, सामाजिक संजालको भूमिका, Climate Change, फेक न्यूजले समाजमा पार्ने असर, AI को सामाजिक प्रभाव जस्ता विविध दश वटा विधाहरु समेटिएका छन् ।
निबन्ध प्रतियोगितामा उत्कृष्ट ५ जना विद्यार्थीहरुलाई विशेष कार्यक्रम आयोजना गरेर पुरस्कार प्रदान गरिनेछ ।






















