साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाको १७औँ नगरसभा बैठकमा आइतबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।

बजेटमा सङ्घीय सशर्त अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाँट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै; आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाँट एक अर्ब एक करोड, प्रदेश राजस्व बाँडफाँट चार करोड २८ लाख हुने जनाइएको छ ।