सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको हो।
समितिलाई भिजिट भिसा वितरणमा देखिएका अनियमितता, प्रक्रिया र सम्भावित शक्ति दुरुपयोगका विषयमा ३० दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ।
उच्चस्तरीय समिति गठनसँगै सो प्रकरणमा निष्पक्ष छानबिन हुने अपेक्षा गरिएको छ।






















