साझेदारी गर्नुहोस्

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ९, सोमबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

जसअनुसार आजसमेत ३ दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी तथा पूर्वीराप्ती, पश्चिमराप्ती कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोसी, नारायणी नदी, कन्काई, र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना  देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आवश्यक छ।