भारतले इजरायल र इरानबीको युद्धका इरानमा फसेका नेपाली निकाल्न मद्दत गर्ने बताएको छ।
इरानस्थित भारतीय दूतावासले आफ्ना छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई इरानबाट निकाल्न सहयोग गर्ने जानकारी दिएको हो।
भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमा पोस्ट गर्दै भनेको छः ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा अब भारतीय दूतावासले इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई निकाल्न पनि मद्दत गर्नेछ।’
नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।
भारतीय दूतावासले इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।






















