साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएकाे छ ।

तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई  महामन्त्रीकाे जिम्मेवारी दिएकाे हाे । उनी यसअघि कार्यवाहक महामन्त्री थिए ।  रास्वपाले  कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएकाे हाे ।

मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो।