साझेदारी गर्नुहोस्

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा तोकिएका निषेधित क्षेत्र खुला गरेको छ।

राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा-जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो।

तर अब प्रशासनले त्यो निषेधाज्ञा फिर्ता लिइएको जानकारी गराएको हो।