साझेदारी गर्नुहोस्

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिले सम्झौता नगर्ने बताएका छन्।

उनले युद्ध शुरु भैसकेको भन्दै सम्झौता नगर्ने बताएका हुन् ।  ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैनौँ।’ एक्समा उनले पोस्ट गरेका छन्, ‘युद्ध सुरु भएको छ।’

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ’बिनासर्त आत्मसमर्पण’ गर्न चेतावनी दिँदै  ’इरानका सर्वोच्च नेता लुकेको स्थान थाहा भए पनि अहिले मार्दैनौँ’जस्ता कुरा सामाजिक सञ्जालमा लेखेपछि खामेनीको जवाफ आएको हो ।

इरानको आलोचना गर्दै  ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धेरैवटा पोष्ट गर्दै एउटमा लेखेका छन्,  ’निःसर्त आत्मसमर्पण।’

ट्रम्पले अर्को पोस्टमा ट्रम्पले लेख्छन्, ‘हामीलाई थाहा छ– इरानका ’सर्वोच्च नेता’ कहाँ छन्, तर हामी उनलाई अहिले नै मार्ने छैनौँ । हामीलाई राम्ररी थाहा छ– तथाकथित ’सर्वोच्च नेता’ कहाँ लुकेका छन्। उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन्।’

उनले अब धैर्य टुट्दै गएको र अब इरानको आकाशमा आफ्नोे पूर्ण नियन्त्रण रहेको दाबी पनि गरेका छन् ।

यसपछि अयातोल्लाह अली खामेनीले पनि सामाजिक सञ्जालमार्फत नै कडा जवाफ दिएका हुन्।