साझेदारी गर्नुहोस्

सरकारले इजरायलमा ५५ सय र इरानमा १२ जना नेपाली छ​न र​ ती स​बै सुरक्षित रहेको सरकारले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले  विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।

पछिल्ला तीन दिनयता इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा आरजु राणा देउवाले तेल अभिभ  र दोहास्थित नेपाली दूतावासमा टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सहप्रमाणीकृत मुलुकमा रहेका नागरिकको सुरइक्षामा ध्यान दिन निर्देशन पनि दिएको मन्त्रालयले  जनाएको छ।

सरकारले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियाली रहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।