साझेदारी गर्नुहोस्

नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ।

नयाँ समायोजन अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर रु १५७.५०, दोस्रो वर्गमा रु १५९ र तेस्रो वर्गमा रु १६० पुगेको छ।

 

निगमले बढेको मूल्य आज रातिबाट लागू हुने जनाएको छ। यो मूल्य समायोजन इण्डियन आयल कर्पोरेशनबाट १५ जुनमा प्राप्त नयाँ मूल्यका आधारमा गरिएको हो।