साझेदारी गर्नुहोस्

काठमाडौंको चावहिलमा रहेको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता (Essay Competition) आयोजना गर्ने भएको छ ।

भर्खरै प्लस टू सकाएर बसेका र अन्य विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरुमा यस्ता प्रकारका अध्ययनमूलक तथा जानकारीमूलक प्रतियोगितामा सहभागी हुने रुचि बढोस् भन्ने उद्देश्यका साथ निबन्ध प्रतियोगिता (Essay Competition) आयोजना गर्न लागिएको स्टेरवे एजुकेशनल सर्भिसेजले जानकारी दिएको छ ।

Essay Competition असार महिनाभर संचालन हुनेछ । असार ६ गते शुक्रबार (जून २०) बाट सुरु हुने प्रतियोगिता असार ३२ गते बुधबार (जुलाई १६) सम्म संचालन हुनेछ ।

स्टेरवे एजुकेशनल सर्भिसेज, चावहिल, काठमाडौंका प्रबन्ध निर्देशक राजी थापाले भने, नेपालभरिका विद्यार्थीहरुबीच Idea, Information and Cooperation Exchange गर्नका लागि Essay Competition आयोजना गरेका हौं । थापाले भने, ‘हाम्रो लक्ष्य पछिल्लो पुस्ताका आम विद्यार्थीहरुलाई बढी भन्दा बढी Creative बनाउनु हो ।


थापाका अनुसार, यस प्रतियोगितामा बढी भन्दा बढी विद्यार्थीहरुको सहभागिता गराउने प्रयास गरिएको छ ।’

विद्यार्थीहरुको प्रतिभा उजागर गराउन महत्वपूर्ण भूमिका पुर्याउने भएकाले यस Essay Competition मा सहभागी गराउन स्टेरवे एजुकेशनल सर्भिसेजले सम्पूर्ण अभिभावकहरुलाई विशेष आब्हान गरेको छ ।

१० बटा विविध विषयमा निबन्ध प्रतियोगिता (Essay Competition)

 

स्टेरवे एजुकेशनल सर्भिसेजले आयोजना गरेको निबन्ध प्रतियोगिता (Essay Competition) मा दश वटा विभिन्न फरक फरक विषयमा विद्यार्थीहरुले निबन्ध (Essay) लेख्न पाउने व्यवस्था मिलाइएको छ ।

Globalization, सामाजिक संजालको भूमिका, Climate Change, फेक न्यूजले समाजमा पार्ने असर, AI को सामाजिक प्रभाव जस्ता विविध दश वटा विधा प्रतियोगितामा समेटिएका छन् ।
विद्यार्थीको जीवनमा उपयोगी हुने विभिन्न विषयमा Essay लेख्दा उनीहरुलाई यस बारेमा थप जानकारी हासिल होस् भन्ने प्रतियोगिताको लक्ष्य छ ।

उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिने

 

निबन्ध प्रतियोगिता (Essay Competition) मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने स्टेरवे एजुकेशनल सर्भिसेज, चावहिल, काठमाडौंका प्रबन्ध निर्देशक राजी थापाले जानकारी दिए ।
उक्त पुरस्कार वितरण पनि Creative ढंगबाट गरिने आयोजकले बताएकोे छ । सहभागी विद्यार्थीहरुबीच परिचयात्मक कार्यक्रम समेत आयोजना गरि उत्कृष्ट ५ जनालाई पुरस्कार ( Prize) वितरण गरिने कार्यक्रम तय गरिएकोे छ ।

स्टेरवेको फेसबुक पेज (Facebook Page) मार्फत् सहभागी हुन पाइने

 

असार महिनाभर आयोजना हुने निबन्ध प्रतियोगिता (Essay Competition) बारे विस्तृत जानकारी स्टेरवे एजुकेशनल सर्भिसेज, चावहिलको फेसबुक पेज (Facebook Page) मा राखिएको छ । विद्यार्थीहरुले कन्सल्टेन्सीको फेसबुक पेजबाट विस्तृत जानकारी हासिल गर्न सक्नेछन् ।

Essay Competition मा सहभागी हुनका लागि आवश्यक पर्ने सम्पूर्ण विवरणहरु कन्सल्टेन्सीको फेसबुक पेज (Facebook Page – Stairway Educational Services) मा राखिएको छ ।

नेपालमा रहेका कन्सल्टेन्सीले अध्ययनका लागि विद्यार्थीहरुलाई विदेश मात्रै पठाउँछन् भन्ने आम जनमानसको छाप चिर्ने उद्देश्यका साथ Essay Competition आयोजना गरिएको स्टेरवे एजुकेशनल सर्भिसेज, चावहिल, काठमाडौंका प्रबन्ध निर्देशक राजी थापाले बताए । आगामी दिनमा पनि यस्ता विद्यार्थी लक्षित विभिन्न कार्यक्रमहरु आयोजना गर्दे जाने लक्ष्य रहेको थापाले जानकारी दिए ।