साझेदारी गर्नुहोस्

त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक थप पाँच दिन बन्द हुने भएको छ । जेठ ६ गतेदेखि २५ गतेसम्म दैनिक करिब ५ घण्टाका दरले यातायात बन्द गरिएकोमा अब जेठ ३० गतेसम्म नै बाटो बन्द अुने सडक विभागले जनाएको छ ।

यसअघि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो । तर स्तरोन्नितको काम अझै बाँकी भएकाले थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ। बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ । आइतबार विभागले सूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ ।

नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।  साना तथा मझौला सवारीसाधनलाई वैकल्पिक रुट सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न विभागले आग्रह गरेको छ । ३ बजेपछि मात्रै सवारी प्रवेश गर्न दिन विभागले सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको छ ।