ज्येष्ठ २३, काठमाडौं । चर्चित निर्देशक शिशिर बुढाथोकीको नयाँ म्युजिक भिडियो ‘गुनासो (महिला संस्करण)’ सार्वजनिक भएको छ। गीतमा गायिका समाना घतानेको सशक्त स्वरले दर्शक तथा श्रोताको मन छोएको छ।
गीतका शब्दहरु चर्चित गीतकार नारायण नेपालले लेखेका हुन् भने संगीत अनिल बिराहीको रहेको छ। भिडियोलाई भावनात्मक बनाउने काम केबी भण्डारीको एरेन्जमेन्ट र बिशाल मगरको मिक्सिङ–मास्टरिङले गरेको छ।
महेश महरा र उनको टिमको सिनेमाटोग्राफीले दृश्यलाई जीवन्त बनाएको छ। भिडियोमा सञ्जीव भट्टराई, रबिना कार्की, ऋतिका सिंह ठकुरी र अनिल बिराहीको अभिनय देख्न पाइन्छ।
भिडियोको सम्पादन नविन बोहराले गरेका छन् भने कलरिङको जिम्मेवारी मिन रावलले सम्हालेका छन्। सम्पूर्ण प्राविधिक काम डिनपरी क्रिएशन र जनता डिजिटल फिल्म्सले गरेका छन्, र पोस्ट–प्रोडक्सन जिनाखु ठाकुर क्रिएशनमा सम्पन्न गरिएको छ। उक्त गीतलाई ओ.एस.आर डिजिटलको यूट्युब च्यानलमा गएर हेर्न सकिने छ ।
लिंक






















