साझेदारी गर्नुहोस्

चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट र वडा नम्बर ४ चाँगुमा बन्ने वीर अस्पतालको पहुँचमार्गको दोस्रो चरणको कालो पत्रे सुरु भएको छ।

वीर अस्पताल पहुँचमार्ग सल्लाघारी दुवाकोटमोड देखि खड्काडिल सम्म अघिल्लो बर्ष नै कालोपत्रे सम्पन्न भईसकेको छ।

दोस्रो चरणको खड्काडिल देखि मुलपानी मनोहरा पुलसम्मको पहुँचमार्ग स्तरोन्नति कालोपत्रे गर्ने कार्य ठेकेदार कम्पनी पुष्पाञ्जली – गणेश एण्ड गंगा जेभिले सुरु गरेको हो। कालोपत्रे गर्ने कार्य बागमति प्रदेश सदस्य सांसद सुरेश श्रेष्ठ र चाँगुनारायणका मेयर जीवन खत्रीले एकसाथ सुभारम्भ गरेका थिए।

कालोपत्रे गर्ने अबधिभर चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का कार्यबाहक वडा अध्यक्ष प्रदिप खनालले निरिक्षण गरेका थिए।

वडा अध्यक्ष रोजबहादुर तामाङ्गले पनि अनुगमन गरेका थिए। ठेकेदार कम्पनिकातर्फबाट प्रोपाईटर श्याम श्रेष्ठले समयमै सक्ने लक्ष्य राखेर काम गर्दा पनि बनले,बिद्युत प्राधिकरणले गर्दा समय लम्बिएको बताए। थपिएको सिमा अबधिमै काम सकिने बताउँदै श्रेष्ठले गुणस्तरीय कालोपत्रे गरिएको जानकारी दिए।