परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन र दिगोपन सम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र नेपाल फिर्तीका लागि थप पहल गर्न अनुरोध गरेकी छन्।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री राणाले यस्तो आग्रह गरेकी हुन्।
भेटमा हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको अवस्थाबारे कुराकानी भएको थियो।