साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरीकर्ता खडा गरेर अभियोग लगाएको आरोप लगाएकी छन्।

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै गौतमले यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सामाजिक र राजनीतिक वृत्तमा राज्यले उदाउँदो राजनीतिक नेतृत्वकर्तालाई किर्ते जाहेरीको आधारमा फौजदारी मुद्दा खडा गरेको उनको आरोप छ।

जाहेरीकर्ता बनाइएकाहरूले लामिछानेको नाम किटानी गरेर जाहेरी नदिएको र बचत फिर्ताका लागि मात्रै निवेदन दिएको बताएको पनि उनले सुनाइन्।