काठमाडौँ — लायन्स क्लब अफ काठमाडौँ धरहरा हाइट र लियो क्लब अफ काठमाडौँ धरहरा हाइटको संयुक्त आयोजनामा “धरहरा कप: खुल्ला फुटसल प्रतियोगिता” आगामी ३० र ३१ गते जेठ २०८२ मा स्पोर्ट्स जोन, ग्वार्कोमा आयोजना हुने भएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद रु. १,००,००० प्राप्त गर्नेछ भने प्रथम उपविजेता टोलीले रु. ५०,००० पुरस्कार प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही रु. ५,००० पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क रु. ८,००० निर्धारण गरिएको छ। यद्यपि, पहिलो १० टोलीका लागि “Quick Kicks, Quick Picks” विशेष प्रस्ताव अन्तर्गत रु. ७,५०० मात्र शुल्क राखिएको आयोजक संस्थाहरूले जनाएका छन्।
खेल प्रेमी तथा इच्छुक टोलीहरूले समयमै दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सम्बन्धी थप जानकारी तथा दर्ताका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
📞 सम्पर्क विवरण:
राजन: +९७७ ९८१३०१३१४०
ओमप्रकाश: +९७७ ९८६४११२२८५
लियो क्लब अफ काठमाडौँ धरहरा हाइट: +९७७ ९८२०९९९९१९
आयोजक संस्थाहरूले धरहरा कपलाई भव्य र सफल बनाउने लक्ष्यसहित प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको बताएका छन्।