साझेदारी गर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राजनीति र समाजसेवामा सक्रियहरूले प्रभाव जमाउनेछन्। व्यवसाय फस्टाउँदै आम्दानी बढ्नेछ। इमानदार र लगनशील कार्यको मूल्यांकन हुनेछ। अध्ययनमा मन लाग्नेछ। प्रविधिको प्रयोगले विचार व्यक्त गर्न सहयोग पुग्नेछ। तर, बिहीबारदेखि स्वास्थ्यमा कमजोरी आउन सक्छ। अनावश्यक यात्रा र जोखिमपूर्ण निर्णयबाट जोगिनु उपयुक्त हुनेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सप्ताहको प्रारम्भ र अन्त्यमा बौद्धिक तथा सिर्जनात्मक काममा सफलता मिल्नेछ। धार्मिक रुचिमा वृद्धि हुनेछ। व्यवसायमा लाभदायक समय छ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछन्। यद्यपि, सप्ताहको मध्य भागमा आलोचना सहनुपर्ने परिस्थिति आउन सक्छ। प्रशासनिक र सार्वजनिक काममा सावधानी अपनाउनु उचित हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सप्ताह मध्यम रहनेछ। साथी वा आफन्तसँग मनमुटाव हुन सक्छ। नयाँ लगानी नगरेर हालका काम निरन्तरता दिनु उपयुक्त हुनेछ। प्रेममा भ्रम वा असमझदारीको सम्भावना छ। मंगल–बुध सकारात्मक रहने भएकाले सरकारी काम र अध्ययनमा प्रगति हुनेछ। धार्मिक यात्रा पनि सम्भव छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विद्यार्थी र प्रतिस्पर्धामा होमिनेका लागि अनुकूल समय हुनेछ। व्यवसायबाट लाभ मिल्नेछ। प्रेममा समयले साथ दिनेछ। यद्यपि, सप्ताहको मध्य भागमा सवारीसाधन प्रयोग र खानपानमा ध्यान दिनु आवश्यक हुनेछ। पारिवारिक मनमुटाव पनि सम्भावित देखिन्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पुराना काम सम्पन्न भई आत्मविश्वास बढ्नेछ। न्यायिक र व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ। तर, बिहीबारपछि सवारी प्रयोग, स्वास्थ्य र पारिवारिक विषयमा सचेत रहनुपर्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा प्रगति र यात्राको सम्भावना छ। पारिवारिक सहयोगले व्यवसायिक लाभ मिल्नेछ। प्रेम सम्बन्धका लागि अनुकूल समय छ। न्यायिक मामिलामा सावधानी आवश्यक हुनेछ। स्वास्थ्यमा समस्या र खर्चको सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पढाइ र प्रतिस्पर्धामा मन नलाग्न सक्छ। न्यायिक विवादमा नजाने उत्तम हुन्छ। स्वास्थ्यमा गिरावट र मानसिक तनावको सम्भावना छ। सप्ताहको मध्यमा सकारात्मकता बढ्नेछ। आफन्त र शुभचिन्तकको सहयोग प्राप्त हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पढाइ, यात्रा र दाजुभाइको सहयोगद्वारा आत्मबल बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। विचार र लेखनले समाजमा सकारात्मक प्रभाव पार्न सकिनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा आलोचना सम्भव भएकाले सजग रहनु उपयुक्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसायमा उन्नति र आम्दानी वृद्धि हुने संकेत छन्। पारिवारिक जमघट र मनोरञ्जनको अवसर मिल्नेछ। यद्यपि, मंगलवारबाट घरेलु समस्याले तनाव दिनेछ। पढाइमा ढिलाइ, प्रेममा मतभेद र राजनीतिक क्षेत्रमा मन्द स्थिति देखिन्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनोरञ्जनात्मक यात्रा र सामाजिक घुलमिल बढ्नेछ। वाणीको प्रभाव बढ्नेछ। व्यापार, परामर्श र लेखन कार्यमा सफलता मिल्नेछ। न्यायिक क्षेत्रमा सफलता र भौतिक सम्पत्ति जोड्ने समय पनि अनुकूल रहेको देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सप्ताहको प्रारम्भमा खर्च र स्वास्थ्य समस्या देखिन्छ। विश्वासको गलत प्रयोगबाट धोका सम्भव छ। मंगलबारपछि समय अनुकूल हुनेछ। प्रतिष्ठा बढ्नेछ र नयाँ प्रविधिको उपयोगले आम्दानीमा वृद्धि हुनेछ। प्रेम र परिवारमा सुमधुर सम्बन्ध रहनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पैत्रिक सम्पत्ति र प्राकृतिक स्रोत प्रयोगद्वारा लाभ मिल्नेछ। अध्ययनमा उत्कृष्ट परिणाम आउनेछ। व्यवसाय लाभदायक रहनेछ। विदेश यात्रा वा प्रवासमा कार्यरतका लागि समय अनुकूल छ। मध्यसप्ताहमा स्वास्थ्य र पारिवारिक विषयमा सतर्कता आवश्यक हुनेछ।