नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठाएका छन्।
मंगलबार काठमाडौँमा आयोजित यातायात व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सरकारका कमीकमजोरी र काम गर्ने शैली सच्चाउनुपर्ने बताएका हुन्।
‘सरकारका कमीकमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ,’ उनले भने, ‘कमजोरी सच्याउने भनेको कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौँ त्यही हो।’
पार्टीले उच्चस्तरीय राजनीतिक संयन्त्र र सभापति शेरबहादुर देउवाको माध्यमबाट नागरिकमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेको खड्काको दाबी छ।
सरकारका कमीकमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ,’ उनले भने, ‘कमजोरी सच्याउने भनेको कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौँ त्यही हो।’






















