साझेदारी गर्नुहोस्

सुनको मूल्य आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो।

सुनको मूल्य आज प्रतितोला ६ हजार नाैसय रुपैयाँ बढेर एक लाख ९७ हजार पाँचसय रुपैयाँ पुगेको छ।  सोमबार सुन तोलामा १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी आज एक हजार नाैसय ७० रुपैयाँमा काराेबार भइरहेकाे छ।