काठमाडौँ । सोमबार विद्या भट्टराईले भट्टराईले शिक्षामन्त्री पदबाट प्रधानमन्त्री समक्ष राजीनामा दिइन् ।
भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पूर्व शिक्षामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कटाक्ष गरेकी छन् ।
उनको सचिवालयबाट सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको । तर, ’त्यो पर्दैन’, हैन त ?’ ।
शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो ।
यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो ।
विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै शिक्षामन्त्री भट्टराईले पार्टीको बैठकमा असन्तुष्टि व्यक्ति गरेकी थिइन्। प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न र सरकारको लगानी सुरक्षित गर्ने बताएका थिए ।






















