साझेदारी गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणा रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले केहीबेर अघि राणालाई रिहा गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनलाई बोलाएको बेला उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको छ । धवल पत्नीले उनलाई जिम्मा लिएकी छन् ।क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाडिएको हो ।

राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि आवश्यक प्रक्रिया पूरा हुन सकेको थिएन । राणालाई रिहा गर्न उनकी पत्नीलाई बोलाइएको थियो ।