काठमाडौँ: नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा इन्जिनियर डा.जित चन्द निर्वाचित भएका छन् ।

सोसाइटीको उपाध्यक्षमा इन्जिनियर डा.आनन्द मिश्र, सचिवमा इन्जिनियर सुवास अधिकारी, सहसचिवमा इन्जिनियर समिर श्रेष्ठ, कोषाध्यक्षमा इन्जियर सन्देश राई, सदस्यमा इन्जिनियर डा.शिवकुमार झा, इन्जिनियर संगीता श्रेष्ठ र इन्जिनियर सुरज थापा निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष डा.इन्जिनियर चन्दले भने,‘कृषिको समग्र दिगो विकासका लागि यान्त्रीकरण, सिँचाइ, भूमि व्यवस्थापन, पोस्ट-हार्भेष्ट इन्जिनियरिङ, कृषिमा नवीकरणीय ऊर्जाको प्रयोग, भू तथा जलाधार व्यवस्थापन, गुणस्तरयुक्त कृषि पूर्वाधारहरूको विकास र सञ्चालन आदि कार्यमा समाजले रचनात्मक योगदान दिनेछ ।

साथै, कृषि इन्जिनियरिङ पेसा थप आकर्षक, प्रभावकारी र व्यावसायिक बनाई नेपाली युवाहरूलाई कृषिको माध्यमबाट देशको दिगो विकासमा योगदान पुर्याउन सक्षम बनाउने कार्यमा सोसाइटीले सरोकारवालाहरूसँग समन्वय गर्दै अगाडी बढ्नेछ ।’
यो कार्यसमितिको पदावधि दुई वर्षको रहनेछ ।






















