साझेदारी गर्नुहोस्

काठमाडौं: गत वर्ष २०८१ सालमा सुनको मूल्य ३५.९ प्रतिशत बढेको छ ।
त्यस्तै, चाँदीको मूल्य एक वर्षमा १५.२ प्रतिशत बढेको छ ।

सुनको मूल्यमा भारी वृद्धि वर्ष – २०८१

२०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोही वर्षको अन्त्यमा भने भाउ करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य २०८१ मा ३५.९ प्रतिशत बढेको छ । यहीं अवधिमा अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य ३५.७ प्रतिशत बढेको छ ।

त्यस्तै, चाँदीको मूल्य एक वर्षमा १५.२ प्रतिशत बढेको छ । गत वर्षको वैशाख २ गते प्रतितोला १ हजार ७ सय रुपैयाँ रहेको चाँदी चैत सकिँदा १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ ।