इलाम: परराष्ट्रन्त्री आरजु राणा देउवाले १२ देशका नेपालस्थित राजदूतहरुलाई रिट्रिट दिएकी छन् ।
नयाँ वर्षको अवसर पारेर परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाडाको प्रवर्द्धनको लागि संयुक्त रुपमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् ।
होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् ।
‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिईएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले कन्याममा स्वागत गरेका थिए ।
मन्त्री आरजु देउवासहित महामहिम राजदूतहरुले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे ।
विदेशी राजदूतहरुले स्वागतका लागि प्रदर्शन गरिएको सांस्कृतिक झाँकीको अवलोकन गरे ।
झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै उनीहरुले कन्याममा घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए ।