साझेदारी गर्नुहोस्

मीन राशि (Pisces)

नामको पहिलो अक्षर : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ।

राशिस्वामी : बृहस्पति ।

कर्मक्षेत्र / जागिर :
मीन राशिका लागि नयाँवर्ष मिश्रित फलदायी रहनेछ। शनि साढेसातीको विशेष प्रभाव रहनेछ । शत्रु पक्ष सक्रिय रहनसक्नेछन् । निर्णय गर्दा बुद्धिपक्षको प्रयोग यो वर्ष सुखद् रहनेछ । भौतिक वस्तुको कार्य व्यवसायमा केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ। पद प्रतिष्ठामा भने अभिवृद्धिका योग देखिन्छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

अर्थ/वाणिज्य :
आर्थिक दृष्टिले मीन राशिको नयाँवर्ष लाभदायी रहनेछ । धनको स्थान सबल रहनेछ। आय आर्जनमा वृद्धि हुनुका साथै लगानीका नयाँ मार्ग पनि प्राप्त हुनेछन् । व्यापारमा पनि राम्रो प्रगति र लाभको संकेत देखिन्छ । ठोस वस्तुप्रतिको लगानी अधिक प्रतिफलदायी रहने देखिन्छ ।

शैक्षिक क्षेत्र :
शैक्षिक दृष्टिले नयाँवर्ष लाभदायी रहनेछ । विदेशमा अध्ययन गर्ने अवसर मिल्नेछ ।

वैदेशिक क्षेत्र एवं यात्रा :
वैदेशिक यात्राका योग पनि देखिन्छन् । नयाँ कार्यप्राप्तिका साथै व्यवसायमा पनि अभिवृद्धि हुनेछ ।

स्वास्थ्य :
स्वास्थ्यका दृष्टिले नयाँवर्ष मध्यम फलदायी रहनेछ। शीतजन्य वस्तुको प्रयोगमा सजग रहनु उचित हुनेछ । वात र पित्त प्रकृतिका विकार अधिक देखिन सक्नेछन् । स्वस्थ्य आहार विहारका साथै नियमित व्यायामले स्वास्थ्यमा थप अनुकूलता मिल्नेछ। घर

परिवार :
पारिवारिक जीवनमा सुखद समाचारहरू आउनेछन् । प्रेम सम्बन्धमा केही चुनौती
आउन सक्छ । समझदारीपूर्वक अघिबढ्नु सुखद् रहनेछ ।

राजनीतिको क्षेत्र नयाँ वर्ष सुखद् नै रहनेछ । पद प्रतिष्ठा प्राप्तिका योग पनि देखिन्छन् । शनि साढेसातीको प्रभाव वर्षभरि नै रहने भएकाले शिवजीको उपासनाका साथै शनिको मन्त्र जापका साथै शनिवार पिपलको दर्शन एवं सेवा सुखद् रहनेछ। यसैगरी दुर्गा भगवतीको उपासना शुभ फलदायी रहनेछ ।