मकर राशि (Capricon)
नामको पहिलो अक्षर : भो, जा, जि (जु,जे, जो, खा), खि, खु, खे, खो, गा, गि।
राशिस्वामी : शनि ।
कर्मक्षेत्र /जागिर :
मकर राशिका लागि नयाँवर्ष उन्नतिकारक रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । नोकरीमा पदोन्नति र नयाँ अवसरहरू प्राप्त हुनेछन् । राजनीतिमा प्रभाव जमाउने मौका मिल्नेछ र उच्च स्थानमा पुग्न सकिनेछ । कामबाट उच्च स्थान प्राप्त गर्ने सम्भावना छ।
आर्थिक:
आर्थिक पक्ष यो वर्ष सुखद् नै रहने देखिन्छ । धातुजन्य वस्तुको व्यवसाय सुखद् रहनेछ । पञ्चम गुरूको प्रभावले तपाईको योजनाहरू र कामलाई अघि बढाउँछ। व्यापारमा नयाँ अवसरहरू खुल्नेछन् र सोचेभन्दा बढी लाभ मिल्नेछ। विशेष गरी वैदेशिक व्यापार र कुटनीतिक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। आर्थिक स्थिति बलियो हुनेछ। आम्दानीका अवसरहरू बढ्नेछन् र आर्थिक कारोबारमा सकारात्मक वृद्धि हुनेछ । व्यापार र लगानीमा पनि लाभ हुने संकेत छ। त्यसैगरी, वैदेशिक कार्य र विदेश यात्रा गर्नका लागि मौका मिल्ने देखिन्छ ।
पारिवारिक जीवन:
पारिवारिक जीवन सुमधुर रहनेछ । वैवाहिक जीवनमा पनि समझदारी र सामञ्जस्य रहनेछ । पति-पत्नी बीचको सम्बन्ध राम्रो हुनेछ। प्रेमसम्बन्ध सुखद् रहनेछ। मैत्री भावमा वृद्धि हुने देखिन्छ । सुखद् परिभ्रमणका योग पनि देखिन्छन् ।
स्वास्थ्य:
स्वास्थ्यमा सामान्य समस्याहरू आउन सक्छन् । विशेष गरी आषाढ महिनाबाट शनि वक्र भएपछि स्वास्थ्य र खानपानमा सजग रहनुपर्ने देखिन्छ। नियमित ध्यान एवं योगाभ्यास स्वास्थयका निम्ति सुखद् रहनेछ ।
शिक्षा र यात्रा:
वैदेशिक अध्ययन र यात्राका अवसरहरू प्राप्त हुनेछन् । यदि तपाई विदेश जान चाहनुहुन्छ भने यो राम्रो समय हो । आषाढदेखि कार्तिक महिनासम्म तपाईको शिक्षा र अनुसन्धानका क्षेत्रमा उत्कृष्ट परिणाम आउने सम्भावना देखिन्छ ।
वैशाख, भाद्र र पौष महिना केही चुनौतीपूर्ण हुन सक्नेछन् । यस समयमा संयम र सजगता अपनाउनु उचित हुनेछ ।
मूलतः गरेर व्यापार, शिक्षा र पारिवारिक जीवनमा सुखद् रहनेछ । स्वास्थ्य र आर्थिक कारोबारमा केही सजगता अपनाउनु होला । समग्र कल्याणका निम्ति दुर्गा भगवतीको उपासना यो वर्ष सुखद् रहने देखिन्छ ।






















