साझेदारी गर्नुहोस्

सिंह राशि (Leo) : मा, मि, मु, मे, मो, टा, टि, टु, टे।

राशिस्वामी : सूर्य

कर्मक्षेत्र/जागिर :
सिंह राशिका लागि नयाँवर्ष उपलब्धिमूलक रहनेछ। कर्मक्षेत्र बलवान् देखिन्छ। कार्यप्राप्तिका योग देखिन्छन् । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । मित्र पक्षबाट लाभका योग देखिन्छन् । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन्। साहसिक कार्यमा मन प्रवृत्त रहनेछ। नयाँ व्यवसायिक मार्ग मिल्नुका साथै सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । मित्र जनबाट लाभका योग देखिन्छन् ।

आर्थिक पक्ष सुदृढ रहनेछ । निवेश र विकासका अवसरहरू मिल्नेछन् । साझेदारीमा भएका व्यवसायहरूले केही चुनौतीहरूको सामना गर्नु पर्ने देखिन्छ, जसका लागि स्पष्ट संवाद र सोचविचारपूर्वक निर्णय लिनु उचित हुनेछ । व्यवसाय र रोजगारमा नयाँ अवसरहरू मिल्नेछन्। घर-जग्गा किनबेचबाट लाभ उठाउने सम्भावना छ। सेयर व्यवसाय उन्नत रहनेछ। आषाढदेखि कार्तिकसम्म आम्दानीका राम्रो स्रोतहरू खुल्नेछन् । धातुजन्य वस्तुबाट लाभ हुनेछ। जग्गा जमीनको कारोबारमा पनि वृद्धि हुने देखिन्छ । रसजन्य वस्तुको व्यवसाय बढ्नेछ।

शिक्षाः अध्ययनमा गरेको मेहनत सफल हुनेछ। प्रतियोगितात्मक परीक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक कामका लागि अवसर मिल्नेछ । कलात्मक क्षेत्रमा विशेष अभिरुचि रहनेछ। अनुसन्धानका पक्ष पनि फलिभूत रहनेछन् । विज्ञान र गणितका अध्ययनार्थीका लागि वर्ष सुखद् रहनेछ।

पारिवारिक पक्ष सुखद् रहनेछ । सन्ततिलाभका योग देखिन्छन्। प्रेमसम्बन्धमा गाढा आत्मीयता बढ्नेछ । सन्तान सुखका योग देखिन्छन् । सामाजिक र धार्मिक कार्यका लागि शुभ समय रहनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । धार्मिक यात्राको अवसर मिल्नेछन् । अरूलाई प्रेरित गर्न सकिने र मान-सम्मान प्राप्ति हुने छ।

स्वास्थ्य: स्वास्थ्यमा विशेषगरी श्रावण, माघ र चैत्र महिनामा प्रतिकूल रहनसक्ने देखिन्छ । खानपानमा ध्यान दिनु उचित हुनेछ। शीतकारक वस्तुको प्रयोगमा सजग रहनु लाभप्रद हुनेछ।

राजनीतिकर्मीका निम्ति वर्ष सुखद् रहनेछ। पद प्रतिष्ठामा वृद्धि हुनेछ । आलोचकबाट सजग रहनु सुखद् रहने देखिन्छ। मित्रपक्षबाट साथ सहयोग मिल्ने देखिन्छ ।

शुभ महिनाः वैशाख, असार, कार्तिक र फाल्गुन रहनेछन् । अन्य महिना मध्यम फलदायी रहनेछन् । आध्यात्मिक कार्यमा मन प्रवृत्त रहनेछ। समग्र कल्याणका निम्ति ‘शिवजीको आराधना शुभ रहनेछ। लेनदेनका साथै निर्णय गर्दा बुद्धिपक्षको प्रयोग सुखद् रहने देखिन्छ।