साझेदारी गर्नुहोस्

कर्कट राशि (Cancer) : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

राशिस्वामी : चन्द्रमा

कर्मक्षेत्र /जागिर : कर्कट राशिका लागि नयाँ वर्ष मिश्रित फलदायी रहनेछ। आरम्भकालिक महिना केही कार्यदायी र दुविधा युक्त रहनसक्नेछन् । विस्तारै परिस्थिति अनुकूल हुदै जानेछ। जीवनमा नयाँ योजना सुरु गर्न अनुकूल समय आउने देखिन्छ । पेशागत जीवन उपलब्धिमूलक रहनेछ । जागिमा पदोन्नतिका अवसर मिल्नेछन् ।

आर्थिक पक्ष मध्यम फलदायी रहनेछ। लगानी गर्दा वा ऋण लेनदेन गर्दा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ। वर्षको उत्तरार्द्धबाट व्यापारमा वृद्धि हुनेछ । आम्दानीका स्रोत बढ्‌नेछन् । सेयर व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । लगानीका नयाँ अवसर मिल्नेछन् ।

स्वास्थ्यमा ध्यान दिनुपर्ने वर्ष हो । हाडजोर्नी, पाचन र मानसिक तनाव सम्बन्धी समस्या देखिन सक्छ । नियमित व्यायाम र खानपानमा विशेष ध्यान दिनुहोस् । आयुर्वेद वा योगलाई जीवनशैलीमा समावेश गर्नु लाभदायक हुनेछ।

पारिवारिक सम्बन्धमा मध्यम फलदायी रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । सन्तान सुख प्राप्तिको योग देखिन्छ। नयाँ सदस्यको आगमनले परिवारमा खुशी ल्याउनेछ ।

विद्याको क्षेत्र फलिभूत रहनेछ। विद्यार्थीहरूका लागि यो वर्ष मध्यम फलदायी हुनेछ । वैशाख, ज्येष्ठ र आश्विन महिनामा पढाइप्रति रुचि बढ्नेछ । उच्च शिक्षाका लागि प्रयासरतले सफलता प्राप्त गर्ने सम्भावना छ । प्राविधिक पक्षको अध्येताका निम्ति वर्ष अधिक फलदायी रहनेछ । अध्यापनको क्षेत्र पनि सुखद् नै रहने देखिन्छ । वैदेशिक
यात्राका योग देखिन्छन् ।

प्रेमसम्बन्ध सुदृढ रहनेछ । समर्पणको भावनाले प्रेममा सफलता मिल्नेछ । दाम्पत्य पक्ष पनि फलिभूत नै रहने देखिन्छ । धार्मिक गतिविधिमा रुचि बढ्नेछ। तीर्थ यात्रा वा कुनै धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर मिल्न सक्छ। बिहान “ॐ नमः शिवाय” मन्त्र जप गर्नु मानसिक शान्तिका लागि लाभदायक हुनेछ । अनुकूल महिनाः बैशाख, ज्येष्ठ, आश्विन, माघ । चुनौतीपूर्ण महिनाः साउन, कार्तिक, फाल्गुन रहनेछन् । आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। नियमित योग र ध्यानले स्वास्थ्य सुखद् रहनेछ । बलभन्दा बुद्धिको प्रयोगले सफलता प्राप्त हुनेछ। सामाजिक मान प्रतिष्ठा प्राप्तिका योग देखिन्छन् । धैर्य, परिश्रम र सही योजना महत्वपूर्ण रहनेछन् ।