वृष राशि (Taurus) : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो।
राशि स्वामी : शुक्र ।
कर्मक्षेत्र/जागिर : वृष राशिका लागि नयाँ वर्ष सकारात्मक रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै वर्ष प्रेमिल रहने देखिन्छ । प्राज्ञिक कार्यमा मन प्रवृत्त हनेछ । कार्यक्षेत्रमा पनि उन्नतिका योग देखिन्छन् । पराक्रम पक्ष सबल देखिन्छ । नयाँ कार्ययोजनमा मन प्रवृत्त हुनेछ। अधुरा काम बन्ने देखिन्छ।
आर्थिक दृष्टिले वर्ष फलिभूत नै रहनेछ। आय आर्जनमा वृद्धि भए सँगै खर्चमा सूचक पनि बढ्नसक्नेछन् । सेयर व्यवसाय सुखद् रहनेछ । संयमित र योजनाबद्ध भएर खर्च गर्नु लाभदायक हुनेछ । वित्तीय क्षेत्रको लगानी उन्नत रहनेछ । व्यापारमा वृद्धि हुनेछ ।
विद्याको क्षेत्र फलिभूत रहने देखिन्छ । बौद्धिक कार्यमा अभिरुचि बढ्नेछ । अध्ययनार्थ यात्राका योग पनि देखिन्छन् । कलात्मक पक्षको अध्ययन विशेष लाभप्रद रहनेछ ।
पारिवारिक पक्ष सुखद् रहने देखिन्छ । दाम्पत्य सुखका योग देखिन्छन् । वैदेशिक क्षेत्र पनि योवर्ष सुखद् नै रहनेछ । यात्राका योग पनि देखिन्छन् । प्राविधिक पक्षको अध्ययनार्थीका निम्ति वर्ष फलिभूत रहनेछ । प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ ।
स्वास्थ्य को क्षेत्र मध्यम फलदायी रहनेछ। नसा र पेटसम्बन्धी सामान्य विकार रहनसक्ने छन् । खानपानमा विशेष ध्यान दिनुहोला । नियमित स्वास्थ्य परीक्षण गर्नु लाभदायक हुनेछ। योग एवं ध्यान पनि स्वास्थ्य का निम्ति लाभदायक रहनेछन् ।
प्रेमपक्ष सुदृढ रहने देखिन्छ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नका निम्ति पनि वर्ष लाभदायक रहनेछ। समर्पणको भावनामा वृद्धि हुनेछ ।
राजनीतिको क्षेत्र यो वर्ष लाभप्रद नै रहने देखिन्छ । सामाजिक मान सम्मान प्राप्तिका योग देखिन्छन् । कूटनीतिक क्षेत्रमा पनि सफलता प्राप्त हुनेछ । शत्रुहरूको गतिविधिमा सतर्कता अपनाउनुहोला । पराक्रमका दृष्टिले श्रावण महिना सुखद् रहनेछ। अधुरा काम पूरा हुने । कार्तिक, फाल्गुन, चैत्र महिना योवर्ष सकारात्मक रहनेछन्। वैशाख, भाद्र र पौषमा खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।
धार्मिक यात्राका योग देखिन्छन् । सर्वकल्याणार्थ दुर्गा भगवतीको आराधना सुखद् रहनेछ ।






















