मेष राशि (Aries) : चु, चे, चो, ला, लि, लु, ले, लो, अ । राशिस्वामी : मंगल ।
कर्मक्षेत्र जागिर :
मेष राशिका लागि नयाँवर्षमा शुभ संकेतहरू देखापर्नेछन् । ग्रहगोचरको प्रभाव सकारात्मक र प्रगतिशील देखिन्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने मौका प्राप्त हुने छ भने आँटेका कामहरूमा सफलता मिल्ने देखिन्छ । सामाजिक मान प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । शनि साढेसातीको प्रभाव भने वर्षभरि नै रहने देखिन्छ । जसले गर्दा शत्रुपक्ष सक्रिय रहनसक्नेछन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । पराक्रम भाव सबल देखिन्छ । कार्यक्षेत्रमा मेहनत अधिक गर्नुपरे पनि फल सुखद् नै रहनेछ ।
आर्थिक दृष्टिले वर्ष फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धिका योग देखिन्छन् । धनको पक्ष सबल रहनेछ । कागजी मुलायम वस्तुका साथै वस्त्रादि वस्तुको व्यवसाय यो वर्ष अझ उन्नत रहनसक्ने देखिन्छ । धातुजन्य वस्तुको व्यवसाय मध्यम फलदायी रहनेछ। सेयर लगानी मध्यम फलदायी रहनेछ । आमदानीका स्रोतमा वृद्धि हुने देखिन्छ ।
अध्ययन अध्यापनका दृष्टिले वर्ष सुखद् नै रहने देखिन्छ । विद्यार्थीहरूका लागि यो समय अनुकूल छ । वैदेशिक यात्राका योग पनि देखिन्छन् ।
पारिवारिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य सुखका योग देखिन्छन् । प्रेमपक्ष पनि उन्नत नै रहने देखिन्छ । आम्दानीका नयाँ अवसर प्राप्त हुनेछन् । सन्तति सुखका योग देखिन्छन् । मित्रपक्षबाट पनि लाभका योग देखिन्छन् ।
स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । शनिको प्रभावले हाड नसा सम्बन्धी समस्या रहनसक्ने देखिन्छ । शनिमृत्युञ्जयको जपका साथै शनि स्तोत्रपाठ यो वर्ष सुखद् रहनेछ । शिवजीको आराधनाका साथै शनिवार पिपलको दर्शन, स्पर्शन एवं जल अर्पण सुखद् रहनेछ । ॐ शं शनैश्चराय नमः भन्ने मन्त्रको जप शुभ रहनेछ। प्रतिकूल महिना : आषाढ, कार्तिक र फाल्गुन । अनुकूल महिना : वैशाख, ज्येष्ठ, आश्विन र पौष ।






















