काठमाडौं : गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाको विषयमा सरकारले प्रचलिन कानून अनुसार नै कारवाही प्रक्रिया अघि बढाउने भन्दै सरकारले नै छानविन गर्ने बताए।
कानून समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले तीनकुने घटनाको निष्पक्ष छानविन गरेर एक एक दोषीलाई कारवाही गर्ने बताए।
उनले भने, ‘न्यायिक छानविनको कुरा उठेको छ। यो गठन गर्ने वा अर्को छुट्टै छानविन समिति गठन गर्नेकुरामा आयोजक को हो भन्ने थाहा नभएको स्थितीमा, त्यहाँ घटना केके भए थाहा नभएको स्थितीमा, कसले केके उद्दण्डता गर्यो भन्ने कुरा जानकारी नभएको अवस्थामा छानविन गर्नको लागि हो। जब मुलुकको फौजदारी कानूनको प्रक्रियाअनुसार अघि बढिसकेको छ, त्यसबारे छानविन अघि बढिसकेको छ। आयोजक थाहा छ, भाषणा क-कसले गर्यो थाहा छ, क-कसले के उद्दण्डता गर्यो थाहा छ। यो त आपराधिक गतिविधि हो नि!’






















