साझेदारी गर्नुहोस्

काठमाडौँ: राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन् ।

पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँद उनले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताए ।

उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको पनि दाबी गरे । ‘म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि….’, उनले भने।
उनलाई प्रहरीले शुक्रबार काठमाडौँ ल्याएको छ ।

प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।