काठमाडौँको वायु प्रदूषण घटेको छ। काठमाडौँ उपत्यकमा हिजो साँझदेखि छिटपुट वर्षासँगै सामान्य हावाहुरीसमेत चलेकाले वायु प्रदूषण कम भएको छ।
काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। गएराति र आज बिहान पनि काठमाडौँमा सामान्य हावाहुरीसँगै वर्षा भएको छ। यसले काठमाडौँको वायु प्रदूषण केही कम भएको हो।

हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौँ उपत्यका आज १० औँ स्थानमा झरेको छ।






















