आज चैत २६ गते काठमाडौँ उपत्यकाका ४ स्थानमा राजनीतिक दल तथा संघसंस्थाले प्रदर्शन गर्ने भएका छन्। जसले गर्दा आज काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालनमा असर पर्ने देखिएको छ।
यसैले ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधन चलाउनेहरूलाई आग्रह गरेको छ।
डाइभर्सन गरिने मुख्य स्थान
खसीबजार-मकालु, कलंकी चोक-बाफल
बल्खु चोक-कुलेश्वर, कालीमाटी चोक-टेकु
कीर्तिपुर-सुन्दरीघाट, सानेपा-एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वइन्ट
त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर।