इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)ले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ। २२२ रनको लक्ष्य पाएको मुम्बईले ९ विकेटको क्षतिमा २०९ रन जोडेको हो।
सुरुवातदेखि नै दबाबमा रन बटुलेपछि पहिलो १० ओभरमा नै खेल गुमाइसकेको मुम्बईका लागि कप्तान हार्दिक पाण्डे र तिलक वर्माले विस्फोटक ब्याटिङ गरे। कप्तान पाण्डे र वर्माको ब्याटिङले मुम्बईलाई जित नजिक पुर्याएको थियो।
अन्तिम २ ओभरमा मुम्बईलाई जितका लागि २८ रन चाहिएको अवस्थामा जोश हजेलउडले पहिलो बलमा नै पाण्डेलाई आउट गरे। छक्का प्रहार गर्ने प्रयासमा आउट भएका पाण्डेले १५ बलमा ४२ रन जोडे। २९ बलमा ५६ रन जोडेका वर्मालाई भने भुवनेश्वर कुमारले आउट गरे।