वरिष्ठ नृत्य निर्देशक प्रदिप श्रेष्ठको निर्देशनमा”नरोउ भने भित्र भित्रै” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिगत ३ दशक भन्दा लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशन गर्दै आउनुभएका श्रेष्ठले सो म्युजिक भिडियोको निर्देशन गर्नु भएको हो।
साद्भी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गितका गितकार कृष्ण बहादुर बस्नेत हुन भने सङ्गितकार बिपेन सुब्बा हुन।
उक्त गितलाइ नेपाल आइडलका बिजेता करण परियारको जादुमयी स्वरमा सुन्न सकिनेछ।
बिकास लामिछाने र साक्षी लम्सालको मुख्य अभिनय रहेको भिडियोमा रोजिना थापा र रेश्मा महर्जनले पनि साथ दिएका छन्।
उक्त भिडियोलाई लु:ज सिंह ले छायांकन तथा सम्पादन गरेका छन् भने म्युजिक भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ।
https://www.youtube.com/watch?v=zaVLpKEXz9o






















